रामेछाप :- रामेछाप जिल्लाकाे सुनापती गाउँपालिकाले वार्ड न. १ गुन्सीस्थित शतलिङ्गेश्वर माविलाइ स्कुल बस खरीद गरिदीएकाे छ । गाँउपालिकाकाे पाँच वटा वडाका बिद्यार्थीहरू लाइ सुबिधा हुने गरी विद्यालयले बस खरिद गरेको हो ।उक्त बिद्यालयमा अहिले ४ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन । विद्यालयमा टाढाबाट आउने विद्यार्थीहरुलाई कठिनाई भएको कारण गाँउपालिकाले पहिलो पटक विद्यालय बस खरिद गरेको हाे। बस सञ्चालन भएसँगै वडाको सिमपानी, धारापानी, बोझिनी, ढोडेनी, गुन्सी किल्केटार, खिम्तीवेसी लगायतका विद्यार्थीहरुलाई सुविधा हुने भएको छ ।वार्ड न. १ गुन्सीका वडाअध्यक्ष राजु चौलागाई ‘चण्डेश्वर’को पहलमा उक्त बस खरिद गरीएकाे हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष चौलागाईले बस खरिदको लागि २६ लाख पचास हजार रुपैयाँ खर्च भएको बताए । वडाभरी विद्यार्थी ल्याउनको लागि बस सञ्चालन भएपछि विद्यार्थीको संख्यामा समेत बृद्धि हुने विश्वास वडा अध्यक्ष चौलागाईले गर्नुभएको छ ।‘विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने कार्यमा जुटेका छौ’, उनले भने,‘एडिबीको सहयोगमा नयाँ भवन निर्माण हुने चरणमा छ, विद्यालयको भौतिक पूर्वाधार निर्माणसँग गुणस्तरीय शिक्षामा जोड दिएकाे उनले बताए ।उक्त बस खरिदकाे लागी नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईले २१ लाख ७५ हजार ६ सय ५० रुपैयाँ दिएका थिए । तर उनले विद्यालयको बसमा अाफ्नाे नाम र पार्टीको पद राख्नु पर्ने अडान राखेपछि उनको पैसा फिर्ता गरेर गाउँपालिकाले नै विद्यालय बस खरिद गरेको हाे । विद्यालयको बसमा व्यक्तिको नाम र पार्टीको पद राख्दा राम्रो सन्देश नजाने भन्दै वडाअध्यक्ष राजु चौलागाईको पहलमा २१ लाख ७५ हजार ६ सय ५० रुपैयाँ पैसा फिर्ता गराउनुभएको छ।