दाङ/तुलसीपुर :- नेपाली काङ्ग्रेस कार्यकर्ताले दाङकाे शान्तिनगर गाउँपालिका वडा नं. ७ खैरेनी निवासी श्याम चाैधरीमाथि कुटपिट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निकट चाैधरीलाई शुक्रबार राति १० बजेतिर अाक्रमण गर्दा घाईते भएकाे नेकपा शान्तिनगरका सचिब गाेबिन्द भण्डारीले बताए । नेपाली काङ्ग्रेस निकट स्थानीय पारस पाण्डेकाे टाेलीले अाक्रमण गरेकाे सचिब भण्डारीले बताए ।
बाटाेमा हिडिरहेकाे अबस्थामा उनीमाथि अाक्रमण भएकाे हाे । टाउकाेमा चाेट लागेका उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेकाे छ ।