फुटबल टोली काठमाण्डौ प्रस्थान

लक्ष्मण बस्नेत / दाङ : क्विक्स कप अन्तर बिधालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता २०७६ मा भाग लिन गोरखा मा.बि. तुलसिपुर को खेलाडी टोली काठमाण्डौ प्रस्थान गरेको छ ।
काठमाण्डौमा मंसिर ८ गते बाट एन्फा कम्पलेक्स काठमाडौमा सुरु हुने प्रतियोगितामा भाग लिन सुरेश भण्डारी को क्याप्टेनसीपमा (टिम व्यवस्थापक मोहन सुनार, टिम कोच दुर्गा राजलवट, लगाएतको २० सदस्यीय खेलाडी टोली सनिवार बिहान त्यस तर्फ प्रस्थान गरेको हो ।
टोलीलाई दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भानु बिक्रम राणा, बिधालय का प्रधानाध्यापक बिजय जि.एम.बिधालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जि.सि.बिधालय का मा.बि.कोर्डिनेटर बामदेव साप्कोटा,शिक्षक पुर्ण डागी, भरत भण्डारी लगाएतकाले संयुक्त रुपमा माला तथा टिका लगाएर विदाई गरेको बिधालय ले जानकारी दिएको छ ।
टोलीमा क्याप्टेन सुरेश भण्डारी,किप्पर सत्कार वलि र युबराज भुसाल,आयुष रेग्मी,किरण डागी,कमल पुन, सिजन ओलि,बिशाल शर्मा,दिनेश डागी,कुशल सुबेदी,एलिश श्रेष्ठ,समीर गुरुङ,क्षितिज महतरा,कविन के.सि.,भास्कर भुसाल,राम बहादुर डागी,साजन चलाउने,र जेनिस चलाउने रहेका छन ।
दाङको बेल्झुण्डी रंगशालामा भएको पाँच नं प्रदेश स्तरिय क्विक्स कप अन्तर बिधालय स्तरिय प्रतियोगितामा बिजेता बनेको गोरखा मा.बि. ले बिधालयमा पाँच महिना को बन्द प्रशिक्षण पश्चात् खेलाडी छनोट गरेको थियो ।
प्रदेश नं ५ को प्रतिनिधित्व गरेर रास्ट्रीय प्रतियोगितामा शसक्त र शानदार प्रदर्शन गर्ने लक्ष्य लिएको खेलाडी टोलीले आफ्नो पहिलो खेलमा ओण्डर ल्याण्ड टिम संग कडा प्रतिस्पर्धा गर्नेछ । खेल सोमबार बिहान ११:४५ १२ बजे हुनेछ । १९ गते सम्म संचालन हुने प्रतियोगितामा ७ प्रदेश का १६ टिम को सहभागिता रहनेछ !

प्रतिक्रिया दिनुहोस