कास्कीमा आफ्नो उम्मेदवारलाई जिताउन काँग्रेसले निकाल्यो बिसाल र्‍याली

कास्की :- नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दै र्‍याली निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा निकालिएको र्‍याली चिप्लेढुङगाबाट शुरु भएको थियो भने बजार परिक्रमा गरी पृथ्वी चोकमा पुगेर समापन गरिएको थियो ।

र्‍यालीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. सशांक कोइराला र पूर्णबहादुर खड्का, रामशरण महतलगायतको सहभागीता थियो ।

कास्की २ मा काँग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस