गोकर्ण विष्टको बर्खास्ती किन प्रधानमन्त्री ज्यु?

काठमाडौं :- खतिवडा योगेन्द्रका प्रस्नहरु यस्ता छन् :
१)मलेसियाको रोजगारीमा वर्षो‌देखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई हटाउनुपर्ने कारण केहो जान्न सक्छु प्रधानमन्त्री ज्यु म ??
२.)विष्टको सक्रियताका कारण वैदेशिक रोजगारीमा मनोमानी गर्दै आएको एउटा गिरोह पहिलेदेखि नै तनावमा थियो। त्यही स्वार्थी समूहको लबिङ र दबाबमा, उनलाई हटाएँ , मैले सकिन थेग्न भन्न पछि पर्नेकी नपर्ने प्रधानमन्त्री ज्यु ???
३.)रामेश्‍वर राय यादव को राजनैतिक हैसियत सामाजिक हैसियत र कमजोर पात्रलाई मन्‍त्री बनाएपछि वैदेशिक रोजगारीमा रँजाइ गर्दै आएको गिरोहलाई चलखेल गर्न अब कति सजिलो हुन्छ आँकलन छ प्रधानमन्त्री ज्यु ??
४.)नेकपाभित्र स‌म्भावना भएका कति युवा नेता होलान ती सब कसरी निकम्मा साबित भएर , जिन्दगी नाम सुनेका, मन्तृमा आए प्रधानमन्त्री ज्यु ??
५.)वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य अब कस्ले दिलाउछ प्रधानमन्त्री ज्यु ??
असुरक्षित र अपारदर्शी ढंगले कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर एजेन्ट र कम्पनीमाथि प्रभावकारी ढंगले छानबिन र कारबाही कस्ले गर्दछ प्रधानमन्त्री ज्यु ??
६.)मलेसिया जाने कामदारबाट अनाधिकृत रकम अशुल्ने बायोमेट्रिक, माइग्राम्स, ओएएस्सी, आईएस्सी र भिएलएन प्रणाली बन्द गर्ने निर्णय अब कस्ले कार्यान्वयन गर्दछ प्रधानमन्त्री ज्यु ??
७.)मेन्पावरको नाम देखाइ अनधिकृत रकम उठाउने काममा संलग्‍न व्यक्ति र कम्पनीमाथि कारबाही , यो धन्दामा संलग्न चार दर्जनभन्दा बढी एजेन्ट पक्राउ परेका थिएनी अब ती छोड्नेकी के गर्ने प्रधानमन्त्री ज्यु ??
८.)म्यानपावर कम्पनीको धरौटी रकम बढाउने निर्णय, मलेसियामा शुन्य लागतमा कामदार पठाउन त्यहाँको सरकारसँग गरेको श्रम समझदारीलगायतका बिसय के अब पूरा हुन्छन प्रधानमन्त्री ज्यु ??
९.)मन्त्री विष्ट जुन सिन्डीकेट तोडेका कारण सरकारबाट हट्नुपरेको छ, त्यही सिन्डीकेटसँग जोडिएको भ्रष्टाचार मुद्दा मलेसियाको उच्च अदालतमा बहस मा छ यति मात्र हैन
नेपाली कामदारको भिसा प्रक्रियालगायतको विषयमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मलेसियाका पूर्वउपप्रधान तथा आन्तरिक मामिलामन्त्री #अहमदजाहिदहमिदिला लाई क्वालालम्पुरस्थित उच्च अदालतमा हाजिर गराई मलेसियाको भ्रष्टाचारविरुद्धको आयोग मलेसियन एन्टी करप्सन कमिसले पछिल्लो पटक ९ असार २०७६ मा कामदारको भिसा प्रक्रिया भिएलएन प्रणालीलगायतमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरेको थियो।
हमिदिले तीनवटा फरक–फरक कम्पनीबाट २ करोड १२ लाख ५० हजार मलेसियन रिंगिट घूस लिएको अभियोग लगाइएको थियो । हमिदिले घूस लिएका तीन कम्पनीमध्ये एउटा कम्पनी नेपालसँग जोडिएको थियो अभियोग पत्रमा उल्लेख थियोकी मलेसियाको कम्पनी प्रोफाउन्ड रेडियन्स एसडीएन बीएचडीका निर्देशक अज्लन साह जफ्रिलबाट उनले १९ साउन र १ चैत २०७४ मा कूल २० लाख मलेसियन रिंगिट बराबरका तीनवटा चेक घुस बापत लिएका थिए । प्रोफाउन्ड रेडियन्स नेपालमा मलेसिया जाने कामदारको राहदानी संकलन गरेर दूतावासमा पुर्‍याउने जिम्मा पाएको कम्पनी हो। के यी माथिका मन्त्री नेपाली कामदार र सबै पिडितलाइ अब न्याँय दिलाउन सक्नु हुन्छ ?? या कस्ले दिलाँउछ प्रधानमन्त्री ज्यु ??
१०.)हमिदिले घूस लिएको प्रोफाउन्ड त्यही कम्पनी हो, जसले नेपालमा मलेसिया भीएलएन नेपाल प्रालि कम्पनीमार्फत मलेसिया जाने कामदारबाट पासपोर्ट संकलन गरे बापत प्रति कामदार २८०० असुल्ने काम गर्दै आएको थियो अब त्यो केहुन्छ प्रधानमन्त्री ज्यु ??
यतिमात्र होर !!
यसबापत भीएलएनले प्रति कामदार ४२० कमिसन पाउने गरेको थियो। भीएलएन नेपाल प्रालिका सञ्चालक राम श्रेष्ठ मलेसिया जाने कामदार ठगीमा संलग्न भएको अभियोगमा श्रम मन्त्रालयको कारवाहीमा परेका थिए। अदालतबाट धरौटीमा छुटे लगत्तै श्रेष्ठ विभिन्‍न शक्ति केन्द्र धाउँदै विष्ट हटाउने अभियान थालेका थिए आखिर बिस्ट हटे तर यो देस , नेपाली युबाले के पाए ?? तपाँइको सरकारले के गुमायो प्रधानमन्त्री ज्यु ???
११.)विभिन्न देसमा श्रम सम्झौता अद्यावधिक , नयाँ योजना, रफ्तार्कासाथ भै रहेका द्रुतत्तर बिकासे युबा स्वरोज्गार कार्यक्रम, अब केहुन्छ प्रधानमन्त्री ज्यु ??
१२.)पछिल्लो चुनावबाट शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिलाउने हामी जनता हो , तपाइले बिष्ट र पण्डितको लोकप्रियताका कारण उनीहरूलाई आफ्नो मन्त्रिमण्डलमा पहिलो रोजाइमा राखेको थियो होकि हैन?
तर सत्ता सम्हालेको २१ महिनामा मन्त्रिमण्डल पुनर्गठन हुँदा बिना मगर के कस्ता कामगरेर सक्षम भइन र गोकर्ण बिस्ट असक्षम भए ? दुनियाले बुझ्ने गरि प्रस्ट्याई दिन सक्नुहुन्छ प्रधानमन्त्री ज्यु ??
१३.) समाजिक सुरक्षा योजना कार्यान्वयनका लागि मेहनत गर्ने बिस्ट , पसिना बगाएर काम गर्ने श्रमिकको हितका लागि लड्दा लड्दै किन लखेटिन पर्यो प्रधानमन्त्री ज्यु ??
१४.) प्रधानमन्त्रीज्यु म एउटा पुर्ब कट्टर एमाले समर्थक युबाहुँ त्यसैले मैले यो सोध्न सक्छु कि गोकर्ण बिष्टको बहिगर्मनले नेपालको सरकारभित्र दलाल पूँजीपति वर्गको निर्णायक पकड छ भन्ने सत्यलाई नांगो पारेर देखाइदिएको हो ??
१५.)जतिबेला ‘वैदेशिक रोजगार विभागमा कर्मचारी कमाउनै जाने हो’ भन्ने धारणा थियो। विभाग मन्त्रालयले होइन, म्यानपावरले चलाउँथे। महिनैपिच्छेजस्तो विभागका कर्मचारी घूससहित पक्राउ पर्थे।
विभागमा श्रमिकका उजुरीको चाङ लाग्थ्यो। पीडितहरु विभागमै म्यानपावरका मान्छेबाट कुटिन्थे।
श्रम स्वीकृतिका लागि घण्टौं लाइन लाग्नुपथ्र्यो। पैसा नखुवाई काम हुँदैनथ्यो। दुई वर्षदेखि श्रमिकको ज्याला बढेको थिएन। सुधारका लागि निर्णय गरे पनि म्यानपावर कम्पनीले मन्त्रीलाई टेर्दैनथे।यि सब बेथिती बन्द गर्न प्रयास गर्ने बिस्ट कसरी नाँलायक भएर फ्याँकिए प्रधानमन्त्री ज्यु ??
१६.)सामाजिक सुरक्षा कार्यक्रममा एकलाख बढी श्रमिक आबद्ध भइसकेका थिए। कोषमा नआएकालाई रातदिन छलफल गरेर ल्याउन लागिरहेका थिए। कोषलाई कसरी श्रमिकको पक्षमा बढी उपयोगी बनाउन सकिन्छ भनेर सुधार गर्दै लग्दै थिए । मंसिर १३ सम्म यही कोषमा रोजगारदातालाई ल्याउने टाइमलाइन नै तोकेर दौडधुपमा थिए तर किन निकालिए प्रधानमन्त्री ज्यु ??
१७.)प्रधानमन्त्री ज्यु ,७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना भएका छन्। श्रमिकका गुनासाका लागि मन्त्रालयमा कल सेन्टर स्थापना भएका छन्। नीतिगत सुधार हुँदै थियो यी सब बिस्टका कम्जोरी थिएर मिल्काउनु भएको हो ??
१८.) गोकर्णले काटेका तारहरुले गरिब जनताको घर उज्यालियो। पछि त्यसैले निरन्तरता पायो र आज ऊर्जा क्षेत्रमा राम्रो सुधार भएको छ।
२०७४ चैत २ गतेदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रका पनि त्यस्तै बिचौलियाका लाइनहरु काट्दै गए। उनले थालेको वैदेशिक रोजगार सुधारको बाटो होइन, आज राजमार्ग नै बनेको छ। तर बनिसकेको राजमार्गमा उनले गाडी कुदाउन किन पाएनन् प्रधानमन्त्री ज्यु?
१९.)प्रधानमन्त्री ज्यु चेली बेच्ने दलाल वडाअध्यक्षमा चुनिएका छन्, डन प्रदेशसभामा पुगेका छन, दलालहरू अहिले राज्यको वैधानिक र नीतिगत तहमा लम्किरहेका छन् । यिनै दलाल बर्गले उपभोक्तालाई आवश्यकता जन्मायो र त्यसको सहज उपलब्धता गराएर र बीचमा नाफा खानका लागि वस्तुको आपूर्ति पनि बढायो । तीनले मोही खानेलाई कोकाकोला र मकै खानेलाई ‘पप कर्न’ खानेतिर पुर्याए । अहिले त तपाइँको ढोकैमा आइपुग्यो बजार । एक कलमै तपाइँको घरमा पिज्जा आइपुग्ने बजार बन्यो यहाँ । त्यसलाई तपाइँ कतिसम्म बेवास्ता गर्न सक्नुहुन्छ ? बजारको हिसावले यो उन्नत सेवा हो । तर, यसको भरपर्दो टेक्ने आधार छैन । किनकि आजको बजारमा सबै आयातित बस्तुको ब्यापार भैरहेको छ स्वदेसमा उत्पादिन बस्तुहरु बिस्थापित हुँदै गइरहेका छन्, स्वदेस टिकाउन खोज्दा नै गोकर्ण लखेटिएका हुन हो ??
२०)प्रधानमन्त्री ज्यु केन्द्रीकृत शासन व्यवस्थामा दलालहरूको ध्यान बढी केन्द्रमा थियो अब राज्य विकेन्द्रित भएजस्तै दलालको सञ्जाल पनि विस्तार भएर तल तल गाउँ सम्मै जाँदैछ । यसको समाधानका रुपमा राज्यले जनतासँग प्रत्यक्ष रुपमा जोडिएर आफ्नो भुमिका हरेक क्षेत्रमा बढाउनु र विधिको शासनलाई निर्मम तरिकाले चुस्त बनाउँनु पर्ने हो । आजको दिनमा यसो हेर्दा नत सरकार नत प्रतिपक्षका कुनै पनि दल त्यसमा प्रतिबद्ध देखिएका छैनन् । राजनीतिक संयन्त्रलाई दलालको प्रभावबाट पृथक राख्न नसक्नु आजका ठूला भनिएका दलहरुको सबैभन्दा ठूलो कमजोरी हो यदि यसमा उनिहरु सच्चिएनन् भने यहि पाखण्डको कारण यनिहरुको अवसान हुने निस्चित छ ।त्यसैको सिकारको सुरुवात किन गर्नु भयो गोकर्ण बिस्टबाट किन ???
अन्त्यमा
प्रधानमन्त्री ज्यु ,कल्याणकारी समाजबादको सबैभन्दा ठूलो बाधा भनेकै दलाल पुजिबाद हो । चुनावमा समाजबाद ल्याउछौं भनेर भोट माग्ने दलहरुलाई अबको अढाई बर्षमा यीनिहरुले यो पहाडलाई भत्काएनन् भने आज ठूाला स्वरमा समाजबाद भन्दै कुर्लिनेहरु सधैको लागि पछारिने छन् र फेरि कहिल्यै पनि उठ्न सक्नेछैनन् ।भन्दै जनताले बुझ्ने गरि माथिका २० प्रस्नको चित्त बुझ्दो जवाफ चाहन्छु ।

प्रतिक्रिया दिनुहोस