द्वन्द्व पीडितका मुद्दा अव चाँडै टुंगिन्छ – प्रचण्ड

काठमाडौं :- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अब द्वन्द्व पीडितका मुद्दा चाँडै टुंगिने दाबी गरेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा द्वन्द्वपीडित साझा चौतारीले बिहीबार गरेको अन्तर्क्िरया कार्यक्रममा अध्यक्ष दाहालले पीडितका मुद्दमा अव आफू तातेको बताए ।

उनले अघिल्लो पटक ऐन बनाउँदा र दुई आयोग बनाउँदा राजनीतिक दलको मन मनस्थिति र अहिलेको मनस्थितिमा फरक आएको दाबी पनि गरे ।

एकले अर्कालाई बढी दोषी देखाउने उद्देश्यद्वारा प्रेरित हुँदा सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी पहिलेका आयोगले काम गर्न नसकेको उनको भनाइ थियो ।

आयोगमा पदाधिकारी नियुक्त गर्दा सबै नयाँ नै गर्नुपर्ने मान्यतामा आफू रहेको भन्दै दाहालले कम्तीमा पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा सबै नयाँ पदाधिकारी हुने घोषणा समेत गरे ।

प्रतिक्रिया दिनुहोस