ओली नेतृत्वको सरकार असफल भयो – विश्वप्रकाश

काठमाडौं :-  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दावी गरेका छन् ।

विहीबार प्रेस युनियन धरानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रीमण्डल पुनर्गठनबाट सरकार असफल भएको दावी गरे। दुई तिहाइको सरकारले २१ महिनामा मन्त्री हेरफेर बाहेक अरु केही गर्न नसकेको उनको भनाइ छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपाले पटक-पटक विवादमा ल्याउने काम गरेको भन्दै लोकतन्त्रमा राजतन्त्रको झल्को दिने राष्ट्रपति जनताले नपचाउने टिप्पणी गरे । प्रबक्ता शर्माले यस पटकको उपनिर्वाचनले दुई तिहाइको कम्यूनिष्ट सरकार जनतामाझ कति लोकप्रिय छ त्यो प्रष्ट पार्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस