माइतीघरमा द्वन्द्वपीडितको धर्ना, न्याय नपाएको गुनासो

काठमाडौं :-  द्वन्द्वपीडितहरुले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै बिहीबार काठमाडौको माइतीघरमा बिरोध प्रर्दशन गरेका छन् ।

द्वन्द्व पीडित साझा चौतारीको आयोजनामा गरिएको बिरोध प्रदर्शनमा उनीहरुले शान्तिका नाममा पीडितका समस्यामाथि खेलबाड भएको भन्दै न्यायका लागि आग्रह गरेका छन् ।

संक्रमणकालीन न्यायका सम्बन्धमा सरकार र राजनीतिक दलहरु इमान्दार नदेखिएको आरोप उनीहरुले लगाएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै द्वन्द्व पीडितका समस्या सामधान नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

द्वन्द्वपीडितहरुले सरकारले कानुनी शासनको उपहास गरेको भन्दै न्याय नपाएसम्म लडिरहने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस