गायक सुनिल गिरीको पछिल्लो “जाम क्यारे माया” बोलको गितलाई दर्शक तथा स्रोताले निकै नै मन पराएका छन् । गुरुङ्ग,मगरको संस्कृतिमा रहेर प्रस्तुत गरिएको यस कौरा गितले अहिले सबैबाट राम्रो प्रतिकृया पाईरहेको छ ।
लोकपप गायकका रुपमा चिनिएका उनको यस गितले अहिले पनि युट्युब को ट्रेन्डिङको स्थान कब्जा गरिरहेको छ । गितका शव्दहरु माया प्रेमको रस पाउन सकिन्छ । यस कारणले गर्र्दा पनि युवा युवति देखि लिएर सबै माझ अझ बढि लोकप्रिय बनेको छ ।
गाउले परिवेशमा बनेको उक्त गितले एक किसिमको मौलिकपन लाई समेत झल्काएको छ । गायक गिरीको शव्द तथा संकलन रहेको गितमा सुनिल संगै चर्चित गायीका मेलीना राईको स्वर सुन्न सकिन्छ भने भिडियोमा सुनिल र उर्मिला गुरुङ लाई देख्न सकिन्छ ।