शिव पुन मङ्सिर-५,दाङ। चलचित्र संघका अध्यक्ष तथा सफल फिल्म निर्माता प्रदीप कुमार उदयले दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने बताएका छन् ।
दाङमा फिल्म छायांकनका लागी थुप्रै पर्यटकीय, धार्मिक,साँस्कृतिक एवं ऎतिहासिक ठाउँहरु भएकोले जिल्लालाई सबै मिलेर फिल्म सिटी बनाउनको लागि लाग्नुपर्नेमा जोड दिएका छन्। नयाँ नयाँ लोकेसनकै लागि अहिले मेकरहरु फिल्म छायांकन गर्न विदेश जाने गरेको तर त्यस्ता दृश्यहरु दाङमा थुप्रै भएकाले ती निर्मातालाई दाङमा ल्याउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
साथै आफुले पनि आफ्नो संघ र आफ्नो तर्फबाट दाङ्लाई फिल्म नगरीको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका प्रदीपले भने- तर दाङ काठमाडौबाट भौगोलिक रुपमा अलि टाढा भएकाले जिल्लासम्म आएर फिल्म छायांकन गर्ने निर्मातालाई चलचित्र विकास बोर्ड,५ नम्बर प्रदेश सरकार तथा स्थानीय सरकारले केही सहयोग गर्नसके यो अभियान अझ छिटो सम्पन्न हुने बताए।
चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रम प्रदीपले आफू प्रदेश नम्बर ५ सरकार संग यस विषयमा निरन्तर छलफलमै रहेको र प्रदेश सरकारले आगामी हिउँदे अधिवेशनबाट प्रदेश चलचित्र विकास बोर्ड गठन प्रक्रिया अगाडि बढाउने र त्यसपछि प्रदेश ५ चलचित्र क्षेत्रको विकासका लागि थुप्रै कामहरू अगाडि बढ्ने सरकारले आश्वासन दिएको बताए।
चलचित्र पत्रका संघ नेपाल,दाङ शाखाका कार्यवाहक अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब सन्तोष के.सी.ले गरेका थिए ।