चुनावी नारा : ‘सरर पानी घट्टमा, ज्युँदै पोल्छन् इट्टाभट्टामा, दारु खाँदै बलात्कार गर्छ्न तेस्को सट्टामा

काठमाडौं : आगामी १४ मंसिरमा देशका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । उम्मेदवारका साथै राजनीतिक दल, शुभचिन्तक, समर्थक लगायतकाले मतदान माग्नमा व्यस्त छन् ।

उम्मेदवारहरु मतदाताको घर दैलोमा पुगिरहेका छन् । तर केही समर्थकहरुको मत माग्ने शैली फरक छ ।

बलात्कार अभियोगमा पुर्पक्षका लागि जेलजिवन बिताउँदै गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र जिउँदै मान्छे ईट्टाभट्टामा जलाउँने नेपाली कांग्रेसका निलम्बित सांसद महमद आफताव आलमको घटनालाई जोडेर समर्थकहरुको विरोध एवं मत माग्दैछन् ।

अहिले समाजिक सञ्जालमा मत माग्ने यो शैली भाइरल भएको छ ।

नेकपा समर्थकहरुले आमल घटनालाई जोडेर मत माग्दैछन् । रुखमा मतदान नगर्नु जिउँदै मारेर इट्टाभट्टामा जलाउँछन् भन्दै सूर्यमा मतदान गर्न आग्रह गरेका छन् ।

समाजिक सञ्जालमा नारासहित भाइरल भएको विषयमा गीत पनि सार्वजनिक भएको छ ।

तस्विर : सामाजिक संजालबाट साभार

प्रतिक्रिया दिनुहोस