ओली सरकार तानासाही भयो : रामचन्द्र पौडेल

सुनसरी :-  काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही भएको आरोप लगाएका छन् ।

धरानको भानु चोकमा काँग्रेस धरानको चुनावी सभालाई समबोधन गर्दै उनले ओली सरकारले देशको विकास गर्न छाडेर कार्यकर्ता भर्ति र सरकारी ढिकुटीको दुरुपयोग गरेको आरोप लगाए ।

उनले कांग्रेसले जनमुखि काम गरेको भएपनी नेकपाले दुई बर्ष सरकारको नेतृत्व गर्दा समेत सरकारी निकायमा कार्यकर्ता भर्ति भन्दा अन्य केही नगरेको आरोप लगाए ।

उनले कम्युनिष्टलाई भोट हाल्नु भनेको आत्महत्या गर्नु सरह भएको भन्दै धरानका मतदाताहरुलाई कांग्रेस उमेद्वार तिलक राईलाई भोट दिन धरानवासीलाई अनुरोध गरेका छन् ।

सभामा कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रिय सदस्य महेश आचार्य र शेखर कोइरालाले पनि कांग्रेस उमेद्वारलाई जिताए मात्र धरानको विकास संम्भव भएको बताए ।

प्रतिक्रिया दिनुहोस