देशभक्त युवाहरुले नेपाल-भारत सिमामा गाडे नेपाली झण्डा

 

मिसन नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्मा  महासचिव जेरी ताम्राकार, युवा संयोजक युवराज तिमील्सिना , गुड टिभीका प्रमुख मित्रहरु गंगा लामा र दिनेश अमात्य सहभागि हुनुहुन्थ्यो । त्यसैगरी १०० ग्रुपका प्रमुख बिमल पन्त , बव्लु गुप्ता नेपाली , समाजसेवी दुर्गा दाहाल,

ईशारा लामा लगायतको बाक्लो उपस्थिति रहेको थियो । महोत्तरी को सिम्सा नाकामा गएर युवाहरुले आज नेपाली झण्डा गाड्ने देखी काडे तार हाल्ने सम्मका प्रयासहरु सफलताकासाथ सम्पन्न गर्नु भयो । नेपाली भूमी लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा समावेश गरेसंगै बिबाद चर्किएको छ । नेपाली भुमि कुनैपनि हालतमा भारतले मास्न पाउदैन्। यसको विरोध स्वरुप आज युवाहरुले नेपाल-भारत सिमामै गएर दबाब सृजना गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस