शंकर डाँगीलाई नेकपा उमेद्वार विमलाको जवाफ,‘बिधवा भनेर नहेप्नुस’

गणेश आचार्य/दाङ :- दाङ क्षेत्र नम्वर ३‘ख’की नेकपा उमेद्वार विमला वलीले एकल महिलाको मानमर्दन नगर्न काँग्रेस नेताहरुलाई सुझाव दिनुभएको छ ।
भ्युडर सुनपुरमा भएको चुनावी टोल सभालाई सम्बोधन गर्दै उमेद्वार वलीले आफूलाई बिधववा भनेर नहेप्न आग्रह गर्नुभयो ।

‘काँग्रेसका केही नेतालेमेरो सेतो साडीमाथि प्रश्न उठाउँदै अपमान गरेको भन्ने सुनेको छु ।’उहाँलेभन्नुभयो,‘त्यो अपमान मेरो मात्रै होइन,सबै एकल महिलाको मानमर्दन हो ।’नेपाली काँग्रृस दाङका सचिव शंकर डाँगीले यसअघी नेकपा उमेद्वार वलीलाईसेतो साडी लगाएर भोट मागेको भन्दै सार्वजनिक रुपमा आलोचना गर्नुभएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा उमेद्वार वलीले बिधवा हुनु पाप नभएको भन्दै आफूले सामाजिक संस्कार अनुसार श्रीमान्को निधन पश्चात सेतो बस्त्र पहिरीएको प्रष्ट पानुभयो । ‘मैले रहरले सेतो साडी लगाएकी होइन् ।’उहाँलेभन्नुभयो,‘हाम्रो सामाजिक संस्कार जोगाउन सेतो बस्त्र लगाएकी हुँ ।’महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले महिलाको इज्जतगर्न सिक्न काँग्रेस नेताहरुलाई आग्रह गर्नुभयो ।

महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रम त्याग्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले आफूकसै बिरुद्ध नबोल्ने भन्दै भाषणमा भन्दा विकासमा जोड दिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस