दोलखाको बोचमा बस दुर्घटना, एक जनाको मृत्यु

दोलखा :- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोकिराखेको बस दुर्घटना हँुदा वैत्यश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।मिर्गेबाट काठमाण्डौका लागी छुटेको बा ३ ख २९९७ नम्बरको बसमा कुल २० जना सवार थिए । बोच स्थित ठुलिनागीमा पुगेपछि डिजेल सकिएको थियो । सोहि स्थानमा बस रोकेर गाडी स्टाफ डिजेल लिन गएको समयमा अचानक बस पल्टिएको हो । बसमा सवार २० यात्रु मध्ये ३ जना मात्रै बस भित्र थिए । दुई जना बाहिर निस्कन सफल भएपनि ७० वर्षिया वृद्धालाई बसले च्यापेर निकालिएको छ । दुर्घटनामा अन्य यात्रु भने सकुसल रहेका छन ।

प्रतिक्रिया दिनुहोस