नेपाल विद्युत्मा आत्मनिर्भर हुँदैछ : कुलमान

काठमाडौं। पछिल्लो समय नेपाल विद्युत्मा आत्मनिर्भरउन्मुख हुँदै गएको छ । तर, पूर्णरुपमा आत्मनिर्भर भने भइसकेको छैन ।

नेपालमा वार्षिक २० हजार २०६ मेगावाट विद्युत्को माग छ ।

यसमध्ये नेपाल विद्युत् प्राधिकरणबाट १० हजार ४११ मेगावाट विद्युत् उत्पादन भएको छ भने निजी क्षेत्रबाट ८ हजार ८१६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

यसमध्ये एक हजार ३७ मेगावाट आयात भइरहेको छ भने २०३ मेगावाट निर्यात भइरहको प्राधिकरणले जनाएको छ ।

चिलिमे जलविद्युत् आयोजना, रसुवागढी, अप्पर तामाकोसीजस्ता ठूला आयोजनाहरु निर्माण भएपछि मुलुक विद्युत्मा आत्मनिर्भर हुने प्राधिकरणले जनाएको छ ।

आगामी वर्ष उत्पादन बढ्ने हुँदा खपत बढाउन एवं भारत र बंगलादेशतर्फ बिजुली निर्यातकोसमेत तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले विद्युत्को आन्तरिक खपत बढाउनका लागि ग्यास तथा डिजेलको प्रयोगमा कमी ल्याउने गरी काम गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस