इटहरीमा बम भेटियो

इटहरी ।

इटहरी धरान सडक खण्डअन्र्तगतको सडकमा बम भेटिएको छ । आज विहानैबाट गस्तीमा खटिएको ईलाका प्रहरी कार्यालय इटहरीले विहान करीब ६ बजेको समयमा संकास्पद बस्तु भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

दुईवटा पोका पारेर सडकको बीच भागमा राखिएको बम नेपाली सेनाले केहीबेरअगाडि डिस्पोज गरेको छ । ‘मोबाईलमा टाईमर नै सेट गरेर बम राखिएको रहेछ,’ बम डिस्पोजल टोलीले राजधानीसँग भन्यो, ‘यो आईडि बम हो, निष्क्रिय भईसक्यो ।’

यता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले भने आँफूहरु बिहानैबाट गस्ती गर्न आउँदा संकास्पद बस्तु जस्तो देखिएपछि सेनालाई खबर गरिएको थियो । ‘हामीले विशेषगरी राजमार्गमा सुरक्षा व्यवस्थामा कडाई गरेका छौँ,’ उनले भने, ‘इटहरीका अन्य ठाउँमा भने त्यस्तो केही छैन, यहाँ चारकोशे जंगल भएका कारण बम राखिएको रहेछ ।’ उनका अनुसार अन्य ठाउँमा भने सुरक्षामा कडाई गरिएको छ । सर्बसाधारण मानिसलाई सचेत रहन उनले सर्तक गराए ।

चारकोशेमा भेटिएको बम भने नेपाली सेनाको टोलीले निष्क्रिय पारिसकेको छ । पूर्वका अन्य ठाउँमा पनि बम भेटिएकाले सर्तक रहन सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस