पर्यटन प्रवद्र्धनमा टानले मन्थलीलाई हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र मन्थली नगरपालिकाबीच पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन रहेको टानले पर्यटन पवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले मंगलबार रामेछापको मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

पर्यटन पवद्र्धनको लागि मन्थली नगरपालिकासँग समन्वन्य गर्नको लागि गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले पर्यटन पवद्र्धनको लागि आफु र सम्पूर्ण नगरबासी लागि परेको बताएका छन् ।

टान सधै पर्यटन पवद्र्धनमा लागि पर्ने र पछिल्लो समय एयरपोर्टमा पर्यटकहरुले झेल्नु परेको समस्यालाई समाधान गरेर अगाडी बढ्न मन्थली नगरबासी र पर्यटकलाई टानले हरदम सहयोग गर्ने टानको महासचिव सरिता लामाले बताएकी छन् ।

निर्माणाधिन अवस्थामा रहेको मन्थली एयरपोर्टमा प्राविधिक कामहरु भइरहेको भएपनि यहाँ आएका पर्यटकहरुलाई दिने सेवा सुविधामा कुनै कसुर बाँकी नराखेको एयरपोर्ट प्रमुख अमित चौरसियाले जानकारी दिएका छन् ।

त्यस्तै कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसीले टानलाई सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । उनले रामेछाप आएका आन्तरिक तथा बाह्य पर्यटनको सेवा सुविधामा कुनै कसुर बाँकी नराखेको बताएकी छन् ।

लुक्लाका लागि रामेछाप विमानस्थलबाट उडान हुन थालेपछि मन्थलीमा पर्यटकको चाप बढ्दै गएको कारण होटल व्यवसायीले आफुहरुले नै लुक्ला उडानको व्यवसाय गर्न पाउनुपर्ने माग समेत राखेका छन् ।

सरकारले ल्याएको भ्रमण वर्ष २०२० लाई सकारात्मक रुपमा लिएर जतिपनि मन्थलीलाई केन्द्र बनाएर आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बस्ने वातावरण बनाउने र गुणस्तरिय सेवा सुविधा दिन तयार रहेको होटल तथा पर्यटन व्यवसायी संघका कोषाध्यक्ष कबिन्द्र लामाले बताए । अहिले जिल्लामा दुई हजार भन्दा बढी पर्यटक अट्ने होटलहरु रहेको जानकारी दिएका छन् ।

दैनिक ८ सय हाराहारिमा उडान भर्ने मन्थली एयरपोर्टलाई आन्तरिक विमानस्थलको रुपमा लिएको भएपनि विमानस्थल निर्माणमा दुविधा भएकाले यस विषयलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस