फिफा विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेलमा नेपाल एक शुन्यले पराजित

भुटानकाे थिम्पुमा भएकाे प्रतिस्पर्धात्मक खेलको सुरुवात देखि नै नेपाल माथि दबाव दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । २३ औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अभिशेख रिजाल डिबक्स भित्र चुक्न पुगे ।
तर २८ औं मिनेटमा नेपालले गोल खान पुग्यो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।
त्यसपछि ३६ औं मिनेटमा कुवेतले फेरी अर्को मौका पाएको थियो । उसका अल रेसादीले हेडको प्रयास फ्रेममा रहन सकेन । त्यसपछि ३९ औं मिनेटमा कुवेतले अर्को अवसरको सिर्जना गरेको थियो । तर डिबक्स भित्रबाट फैसलले गरेको प्रहार फ्रेम बाहिर गयो ।

कुवेत विरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर साे प्रहार पाेलमा लागेर फर्कियाे । त्यसपछि तेजले नै प्रहार गर्दा पोष्टमाथिबाट बाहिरीयो । जसका कारण नेपालले पहिलो हाफमा एक गोलले पछि पर्न गयो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसको विपरित कुवेतले ७८ औं मिनेटमा अर्को अवसर पाएको थियो । जसलाई किरण चेम्जोङले मुस्किलले बचाए । ८८ औं मिनेटमा कुवेतले अर्को गोलको अवसर सिर्जना गरेको थियो । जसमा उसका अल सलमानले गरेको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरीयो ।
खेलको ९० औं मिनेटमा कुवेतले फ्रिकिकको मौका पाएको थियो । उसका कप्तान बदरको प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि नेपालले एउटा प्रहार गर्दा त्यसमा कुवेती गोलकिपर बाधक बने । यो जितले कुवेतको पाँचा खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ ।

प्रतिक्रिया दिनुहोस