पूर्वाधार विकास भइसकेको सहरमै प्रदेश ५ को राजधानी हुनुपर्छ : अध्यक्ष दाहाल

मंगलबार रुपन्देहीमा भएको पाँचौ लुम्बिनी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनतालाई सहज हुने गरेर राजधानी बनाउनुपर्ने बताएका छन् । रुपन्देहीमा लगातार तीन पटकसम्म महोत्वसव उद्घाटन गर्ने अवसर मिलेको बताउँदै अध्यक्ष दाहालले भने पूर्वाधार विकास भइसकेको सहरमै राजधानी हुनुपर्छ भन्ने छैन् ।

कार्यक्रममा  बोल्दै उनले उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सरकारले रोजगारी सिर्जनाका लागि रोजगारीमैत्री वातावरण बनाउँदै लगेको बताउँदै उनले भने ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, ।’

प्रतिक्रिया दिनुहोस