अाज नेपाल र कुवेत भिड्दै

फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध खेल आज हुँदैछ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुशार दिउँसो २ः४५ बजे हुनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टिमका प्रशिक्षक योहान कलिनले कुवेतसँग अंक खोस्ने दाबी गरेका छन् ।
दशरथ रंगशाला पूनर्निमाण नसकिएको कारण नेपालले कुवेतसँगको घरेलु खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल्न लागेको हो । खेलका लागि भुटान उड्ने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहितका चार जना मुख्य खेलाडी नाइट क्लवमा गएको पाइएपछि उनीहरु बर्खास्तमा परेका छन् । उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध खेलाडीबाट नै राम्रो नतिजा निकाल्ने विश्वास प्रशिक्षक कालिनको छ ।
छनोट चरणमा कुवेत विरुद्धको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । चार अवे खेलमा १ खेल मात्र जितेको नेपाल ३ अंक सहित तालिकाको चौथो स्थानमा छ । शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ ।
चाइनिज ताइपेईलाई २–० ले हराएपछि नेपालले खेलेको तीनवटै खेलमा पराजय भोगेको छ । नेपाल अष्ट्रेलियासँगग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

कुवेतविरुद्धको खेलको तयारी स्वरुप म्यानमारसँगको मैत्रिपूर्ण खेलमा नेपाल ३–० ले नै हारेको थियो ।

प्रतिक्रिया दिनुहोस