काठमाडौँ । रौतहट बम विस्फोटका आरोपी नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले प्ररीलाई नै धम्की दिएका छन् ।
बम विस्फोटमा परि घाइते भएका २३ जनालाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेका आलमलाई सोही मुद्दामा पुर्पक्षको लागि प्रहरीले थुनामा लैजादै गर्दा आलमले प्रहरीलाई धम्की दिँदै जिल्लामा आगो बाल्ने मान्छे मार्न पछि नपर्ने धम्की दिएका छन् ।
प्रहरीले पक्राउ गरेपछि पक्राउ गर्न पुगेको प्रहरीसँग नै आक्रोसित भएका आलमले आफुलाई चोर जस्तो पक्रेको बताएका छन् । उनले आफुलाई पक्राउ गर्नुको कारण प्रहरीलाई नै थुपार्दै पुरै जिल्लामा अशान्ति हुने बताएका छन् ।
पक्राउ परेपछि प्रहरीदेखि रुष्ठ भएका आलमले प्रहरीलाई नै हतकडी लगाउने सम्मको धम्की दिएका हुने । उनको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।