के काङ्रेसको चुनावी एजेन्डा सक्किएकै हो त?

दाङ :- उम्मेदवार स्वयम् र उनलाइ बिजय बनाउन होमिएका केन्द्र देखि स्थानीय सबै नेता त प्रतिस्पर्धि उम्मेदवार को ब्यक्तिगत कुरा को चर्चा गर्दै पो हिड्ने गरेको देखियो।
कस्ले कस्तो खाने , लगाउने भन्ने त आफ्नो अभिरुची पनि होला नि।
हिजो जस्तो छैन आज , दाङ काङ्रेसी किल्ला थियो पहिले ? कसरि ?
दिनदहाडै कम्युनिस्ट नेता कार्यकर्ता माथी चुनाब को बेला काङ्रेसी धारी गुण्डाहरु ले गोलि चलाउथे।जनता त्रास देखाउथे , निर्वाचन बुथ क्याप्चर गर्थे , एक छापे भोट हाल्थे , प्रहरी प्रशासनको मौन स्विकृतिमा ।
बामपंथी एजेन्ट बस्नेहरु लाई मरनासन्न हुने गरि कुटपिट गर्ने यी हर्कत र आधारहरु ले दाङ काङ्ग्रेस को किल्ला थियो पहिले।
अझै अर्को कुरा त चौधरी गाउँ गाउँ मा गएर चौधरी मतदाताहरु लाई त्रास देखाइ उनीहरुका देउता(मुर्ति ) अगाडि राखी बत्ती छुवाएर रुख मा भोट हाल्छु भन्ने कसम खुवाएर जित्ने गरिन्थ्यो चुनाब।
तर आज परिस्थिति फरक छ , मतदाता सचेत छन् आज डर त्रास ले पनि काम गर्दैन , राती राती चामल का बोरा बोकेर भोट माग्न जान सक्ने स्थिति नि छैन ।
नेकपा को लहर छ , जनता मा विशिष्ट छाप छ नेकपा को ।समृद्ध नेपाल निर्माणको अभियान मा छ नेकपा नेतृत्व को हाल को सरकार ।
आज शोषण ,उत्पीडन करिब करिब अन्त्य तिर छ ।गरिब निमुखा को भरोसा भन्दै गएको छ आज नेकपा ।
तसर्थ हिजो को दाङ काङ्ग्रेसि किल्ला बन्ने आधार अहिले भत्त्किसकेका छन् ।
आज जनता/मतदाता र नेकपा कसैसँग डराउनु पर्ने अबस्था छैन।
आज चुनावी एजेन्डा सक्किएर रित्तिएको झै गरेर ब्यक्तीगत आक्षेप र मानवीय समबेदना हिन कुरा गरेर मतदाता ले जिताउलान भन्ने नसोचे हुन्छ ।
यो जित नेकपा कै हुने छ , प्रदेश सभा ३ ख मा बिमला ओलि ले चुनाव जित्ने निश्चित छ किनकी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा जिन्दावाद )

गोपाल रेग्मी अनेरास्ववियु दाङ जिल्लका सचिव हुन 

प्रतिक्रिया दिनुहोस