रामेछापको भंगेरीमा १० दिने योग विज्ञान शिविर सुरु

रामेछाप – रामेछापको भंगेरीमा दश दिने योग विज्ञान शिविर सोमबारबाट सुरु भएको छ । योग विज्ञान प्रशिक्षक प्रशिक्षण नाम दिईएको उक्त शिविरमा ३२ जना व्यक्तिहरुले भाग लिई्रहेका छन् । योग शिविरको एक कार्यक्रमको विच जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम वहादुर खड्काले उद्धघाटन गरे । शिविरमा पतञ्जली योग समिति नेपालका केन्द्रिय महिला विभागकी प्रमुख अर्चना घिमिरेले प्रशिक्षण दिनेछिन । गौरिशंकर माध्यमिक विद्यालय रामेछापका शिक्षक प्रदिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम वहादुर खड्काले नेपाल ऋषिमुनिहरुको तपोभुमि भएकोले यहाँ योग साधनाको ठुलो महत्व रहेको चर्चा गरे । योग विज्ञान र आर्युवेद मार्फत विश्व मानव जगतलाई जीवन जिउने कला सिकाउन सकिने उनीहरुको भनाई छ । प्रमुख खड्काले योग विज्ञानलाई आम मानिसका विचमा लैजान जनप्रतिनिधिहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए । आँफु स्वस्थ रहे मात्र समुन्नत समाज निर्माण हुने उनको भनाई थियो ।कार्यक्रममा पतञ्जली योग समिति रामेछापका उपाध्यक्ष जगन्नाथ दाहाल,महिला विभागकी प्रमुख शान्तादेवी पौडेल,सदस्य कृष्ण रिजाल लगाएतले योग विज्ञानको महत्वको बारेमा आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस