घरेलु दलाल र छिमेकी दुश्मन बिरुद्ध लडौं

खतिवडा योगेन्द्र/काठमाडौं :- आलम , कालापानी सब छोडेर धन्दुकारि जती सबै मिलेर राजा डिस्कोमा नाचेको भाइरल गर्दैछन अनि मिडियानी त्यसैलाइ हाइलाइट ! ७० को हाराहारिको राजाको ज्यान र तरिका देख्दा मेरो मन पनि प्रफुल्लित हुन्छ तर लोकतन्त्रका मसियाहरुका चै कोहि निसन्तान त कोहि अल्पायुमै जाँडमा डुबेर मरेका छन यस्ता ले देस बनाउछन ??
कति गरेका रिस पनि ब्यक्तिगत अधिकार होनि राजाको नाचुन्की गाँउन नि, उठुन्की बसुननि , तर एउटा कुरा पक्का हो राजाले जनतालाइ सडकमा आउ भनेर सिटि फुकेका दिन लोकतन्त्रका मसियाहरुले झोली तुम्बा बोकेर बनारस र दिल्लितिरै त हो जाने त्यसैले सकेजती जोहो गर्नु तिमिहरुको ठेगान लाग्नेदिन धेरै टाढा देखिन्न !!
स्थिति के भएको छ भने हिजो राजदरवारबारे कसैले केही लेख्न सक्दैनथ्यो भने आज कसैले नयाँ दिल्लीबारे लेखेको खण्डमा उस्तै प्रकारको दमन प्रतिशोध र नियति भोग्नुपर्छ। स्वतन्त्र विचार र अभिव्यक्तिको लागि यो ज्यादै नराम्रो वातावरण तयार भएको छ। त्यो अवस्थाको सिर्जना दिल्ली बनारसतिर बाट आएको हुकुम मान्ने क्रम्मा हाम्म्रै बहुबिद्द्वान कथितहरुबाट भैरहेको छ ।कथित नेताहरूको अल्पबुद्घि, स्वार्थ र व्यक्तिगत लाभको लागि बाहिरी शक्तिसँग देश र जनताको तिलाञ्जली दिन सक्ने आँचरणले गर्दा भविष्य दिनप्रतिदिन विकराल छ । यो रोग कुनै एउटै व्यक्ति वा पार्टीमा मात्र सीमित छैन । प्रायः सबै नेता र पार्टी विभिन्न स्वरुप, प्रकार र परिमाणमा नयाँ दिल्ली, बनारस वा कलकत्ताबाट सञ्चालित छन् । त्यसैले नेपाललाई भारतबाट बचाउनुभन्दा पहिला कथित नेताहरूबाट बचाउन आवश्यक छ ।संबैधानिक राजतन्त्र , बहुदलिय प्रतिस्पर्धा , बिस्वको एकमात्र हिन्दुरास्ट्र नेपाल्को पहिचान हुन ! धेरैलाइ लाग्ला यस्लेत धार्मिक कुरा पो गर्यो तर सत्य यहि होकि देस र जनताले प्रबिधी पछ्याउन देसको शासन सत्ता र सासकले सत्कर्म अंगाल्नु पर्दछ तर देसमा राजा बिरेन्द्रको बंस नास गरि सत्तामा आएका बर्तमान लोभी पापी दलाल दलहरुको पछि जति पुस्तालाइ कुदाएनी देस बन्दैन , तपाँइको र मेरो बाबा बन्नु भएन तपाँई र म पनि बनिनम अब हाम्म्रो अर्को पुस्तालाइनी यिन्ले यसैगर्ने निस्चित गरिसके ! बरु जातिय, क्षेतृय, साम्प्रदायिक अनि लैंगिक हिंसा मच्चाइ यिनिहरुले आफ्नो सातपुस्ताको जोहो गरिरहनेछन ।
हामी झन्झन फुटि कम्जोर हुँदै जानेछौं यिनिहरु अरु मोटाँउदैजानेछन त्यो मोटाइले बर्तमान नेपाल साँघुरिदै जानेछ जसरी अहिले लिपुलेक हिजो सुस्ता र कालापानी लिम्पियाधुरा लुटियो भोलि यसरिनै बिस्तारै बिस्तारै नेपाल्को अरु सिमाना पनि तिनैलाइ दिदैजान यी बाद्य यसरी हुनेछन कि यिनिहरुले आफ्नो सातौं पुस्ता सुरक्षणको लागि बिलियन बिलियन रकम g to g बार्गिनिङ्मा बिदेसी बैंकमा थुपारी रहेकाछन , हामी यसैलाइ सक्तिशाली लोकतन्त्र भनी ८० लाख बढी युबा लाई लखेटि सक्दा पनि लोकतन्त्र लोकतन्त्र भनी रहेका छौं , के यस्तै हुन्छ लोकतन्त्र ? कैले खुल्ने हाम्म्रो आँखा ??
यिन्कापाता जबसम्म कस्ने हिम्मत भएको एक सच्चा नेपालिको जन्म हुदैन तब सम्म यिन्ले अरु लुटिरहनेभए !
आदरणीय प्रीय नेपाली मनहरु,
यो देसमा बर्तमान सासकहरुको पृष्ठभुमि हेर्नेहो भने यिनिहरु लाई राजगद्दी हैन जोगिको सात थैली पनि भिर्ने अधिकार देखिन्न किनकी सातथैली भिरी लालाबालाको पेट भर्न जोगि रातभरी संखनादसँगै फेरि लगाँउदै सारा गाउँ र सहर डुल्छ र मिर्मिरे सँगै सिदा बटुल्न फेरि खालिखुटा गाउँ पस्दछ , तर यिनिहरु के गर्दछन ?? छ कुनै मेहेनत ?? छ कुनै उध्योगधन्दा ब्यबसाय वा खेतिपाती ?? छ कुनै आधुनिक कृषि फम ?? छैन यिनिहरुत पृथ्वीनारायण शाहले जोडेको देस भागलगाउदैछन , तेरो र मेरो भनी छिमेकी जुदाएर आफ्नो छोरा नातिको दुनो बलियो बनाउदैछन । प्रीय नेपाली मनहरु कति सहन्छौ यो अत्याचार ?? कैले बुज्लान सबै नेपालिले कि यी सासक हैनन यित रैतिहुन नि लायक छैननभनी ? यिनिहरुको बिरुद्द बिद्रोह छेड्न र देसमा सान्ती ल्याउन सुसासन ल्याउन तमाम सचेत बर्ग आधुनिक नेपाल्को निर्माणका लागि ढिलो चाँढो नलडी सुखै छोइन सबैमा हार्दिक अपिल गर्दछु , ढिलो नगरौं यिन्लाइ चिन्न , धेरै गुमाइ सकियो अरु कति गुमाउने ??

प्रतिक्रिया दिनुहोस