रामेछापकाे दाेरम्बा गाउँपालिका डडुवामा जीप दुर्घटना १जना मृत्यु १० घाइते

रामेछाप – रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवामा आज साँझ जीप दुर्घटना हुँदा १२ वर्षीय एक बालकको ज्यान गएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन । दोलखाको झोरबाट रामेछापको दोरम्बामा आएको उक्त जिप सडकबाट करिव २ सय मिटर तल खसेको बताइएको छ ।घाइतेहरु मध्ये केहीको अवस्था गम्भिर छ । दुर्घटनास्थलबाट घाइतेहरुको उद्धार गरी उपचारका लागि दोरम्बा स्वास्थ्य चौकीमा पठाउने कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक संतोषकुमार भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउना साथ दोरम्बा प्रहरी चौकीबाट प्रहरी त्यसतर्फ पठाइएको छ । प्रहरीलाई घटनास्थलमा पुग्न झण्डै १ घण्टा लाग्छ ।दोलखाको झोरबाट छेवरका लागि रामेछापको दोरम्बामा ४ वटा गाडी रिजर्भ गरी आउँदै गर्दा सबैभन्दा अघिको गाडी खसेको हो । दुर्घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत बिवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस