आमाको सम्झनामा निःशुल्क स्वास्थ्य शिविर

भागवत भट्टराई/दाङ :-  तुलसीपुर नगर जेसिजका अध्यक्ष ,ज्ञानज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक एवं समाजसेवी मेघराज घिमिरेले दिवङ्गत आमा लक्ष्मी घिमिरेको ४५औ पुण्य तिथिको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेका छन् । शिविरमा १५० बढीले मृगौला तथा शुगर परीक्षण गराएका छन् ।तुलसीपुर ६ स्थित निजी निवास मा समस्त घिमिरे परिवारको आयोजना एवं पाल्पाली पोलिक्लिनिक तुलसीपुरको प्राविधिक सहयोगमा एक औपचारिक कार्यक्रमका विचशिविर भएको हो ।

स्वर्गीय आमा लक्ष्मी घिमिरेका छोरा मेघराज घिमिरे को अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका कि उपप्रमुख माया आचार्यको प्रमुख आथित्यतामा एवं तुलसीपुर वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार साह कोविशिष्ट आथित्यतामा भएको कार्यक्रममा उनीहरुले आमाको सम्झनामा गरिएको निःशुल्क शिविर ले आमाप्रतिको कर्तव्यबोध तथा सम्मान प्रकट भएको भन्दै सो कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा स्वर्गीय घिमिरेका पति डण्डपाणी घिमिरे, वडा ६कि सदस्य मिना परियार, जेसीजका कार्यवाहक अध्यक्ष केशव केसी ,मनकामना टोल का अध्यक्ष प्रकाश भट्ट ,समाजसेवी बेगेन्द शाह, पालपालि पोलिक्लिनिक का सञ्चालक सुरज ज्ञवाली लगायतले दिवंगत घिमिरे को स्मरण गर्दै शिविरले विशेषगरी दलित जनजाती विपन्न वर्गका लागि शिविर लाभान्वित देखिएको बताएका थिए सो कार्यक्रमको सहजीकरण पत्रकार भागवत भट्टराईले गरेका थिए।

प्रतिक्रिया दिनुहोस