काठमाडौं
प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।
विभिन्न जिल्लामा फेला परेका शंकास्पद वस्तुलाई सेनाको डिस्पोजल टोलीले नष्ट गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दर हरैंचामा रातो कपडाले बेरेर राखिएको प्रेसर कुकर बम नेपाली सेनाको वम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
त्यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिकामा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै धादिङको नौबिसे र महादेवबेसीमा भेटिएको बम सेनाले डिस्पोज गराएको छ ।
सर्लाहीको हरिपुर नगरपालिकामा भेटिएको शंकास्पद वस्तु पनि सेनाले निस्कृय पारेको छ ।
रामेछापको मन्थली नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, बाग्लुङ नगरपालिकाको धौलागिरी क्याम्पसमा पनि बम फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्घाखाचीको सन्धिखर्कस्थित अर्घाखाँची आदर्श मावि र बसपार्कमा पनि शंकास्पद वस्तु भेटिएको छ ।