मङ्सिर २ गते मन्थली नगरपालिकाको सबै १४ वटै वडाबाट प्रवाहा हुने सेवा बन्द हुने

पुष्कर खड्का/रामेछाप – रामेछाप जिल्लाको मन्थली नगरपालिकाको १४ वटै वडाबाट प्रवाहा हुने सेवा तथा काम कारवाही मङ्सिर २ गते सोमबार बन्द हुने भएको छ । मन्थली नगरसभा सदस्य रामबहादुर लामा तामाङको गत कार्तिक १३ गते भएको असमाहिक निधन प्रतिकोे स्वकमा मन्थली नगरपालिकाले सवै वडाको सेवा तथा काम कारवाही बन्द गर्ने निर्णय गरेको हो । मन्थली नगरपालिकाको ३२ औँ कार्यपालिका बैठकले स्वाक प्रस्ताव पारित गरेको थियो । सोहि बैठकको निर्णय अनुसार २ नगरपालिका र ६ गाउँपालिकाको केन्द्र रहेको मन्थली नगरपालिका सहित १४ वडाबाट प्रवाहा हुने सेवा पुर्ण रुपमा बन्द हुने मन्थली नगरपालिकाले जनाएको छ । यस्तै मन्थली नगरपालिका भित्रका वडाहरुले पनि कार्यपालिका बैठकको निर्णयअनुसार आफ्नो वडाबाट प्रवाहा हुने सेवा बन्द हुने जनाएका छन् । वडा कार्यालयहरुले एक सूचना जारी गरी मन्थली नगरसभा सदस्य रामबहादुर लामा तामाङको निधन प्रतिको स्वकमा एक दिन कार्यालयबाट प्रवाहा हुने सेवा बन्द गर्ने जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस