सरकार अधिनायकतावाद तर्फ उन्मुख भएको कांग्रेस उसरकारपसभापति निधिको आरोप

पुष्कर खड्का
रामेछाप – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार अधिनायकतावाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् । संघियता र लोकतन्त्रलाई विश्वास नगर्ने नेकपाको हातमा सक्ता गएकाले उसले संघियतालाई कमजोर बनाइरहेको उनको भनाई छ । शनिबार रेडियो तामाकोसीको दोस्रो साधारणसभा कार्यक्रमलाई रामेछाप सदरमुकाम मन्थलीमा बोल्दै उपसभापति निधिले सरकारले प्रभावकारी काम गर्न नसक्दा भ्रष्टचार , महंगी , बलात्कार जस्ता क्रियाकलापहरु बढ्दै गएको बताए । उनले प्रदेश सरकारले भनेका कामहरु स्थानीय सरकार नमान्ने बाताबरण सिर्जन गरी संघिय सरकारले प्रदेश सरकारलाई अपाङग बनाएको आरोप समेत लगाए । पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधिले मुलुकमा अहिले भएको विकास निर्माणका काम र राजनितिक परिवर्तन कांग्रेसकै योजना अनुसार भएको दाबि गरे । उनले नेपालमा रहेका सञ्चारमाध्ययमहरुको विकासका लागि नेपाली कांग्रेसले विभिन्न कार्यक्रमहरु ल्याई कार्यान्वयन गरेको र सोहि अनुसार अहिले सञ्चारक्षेत्र विकसको नयाँ चरणमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस