अझै बिस बर्ष निरन्तर नेकपाले सरकार चलाउँने प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलको भनाई

पुष्कर खड्का
रामेछाप – प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले नेकपाले जनताको विश्वास जितेर अझै बिस बर्ष निरन्तर सरकार चलाउँने बताएका छन् । जनताको दुइतिहाई मत पाएर बनेको वर्तमान सरकार चानचुने सरकार नभएको उनको भनाई छ । शनिबार गृहजिल्ला रामेछापमा तामाकोसी रेडियोको दोस्रो साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले २० बर्षसम्म निरन्तर सरकार चलाउँने ताकत अरु कसैमा नभै नेकपासंग मात्रै रहेको बताए ।अहिलेको संघिय , प्रदेश र स्थानीय सरकारले जनताको चाहाना अनुसार द्रुत गतिकमा बिकासका काम गरिरहेको बताए । सरकार प्रतिको स्वस्थ आलोचनालाई ग्रहन गर्दै तीनै तहको सरकार जनताको चाहाना अनुसारको काम गरी विश्वास जितेर अगाडि बढ्ने मन्त्री ढुंगेलको भनाई छ । कसै कसैले दुइतिहाईको सरकार भनेर खिस्सा गर्ने परिपार्टीको विकास भएको भन्दै उनले कसैसंग खोसेर वा लुटेर ल्याएको नभै जनताले मत दिएर दुइतिहाई ल्याएकाले ठुला कुरा नगर्न चुनौती दिए । जनताले विश्वासबाट दुइतिहाई मत पाएको वर्तमान नेकपाको सरकारले राम्रो काम गरिरहेको दाबि गर्दै अबको दिनमा राम्रो काम गर्न नसके कांग्रेस सरकारमा आउँने मन्त्री ढुंगेलको भनाई छ । बजारमा जे जस्ता कुराहरु आएपनि नेकपा सरकार कहिले एकदलिय र तानासाही नहुने उनले बताए । मन्त्री ढुंगेलले आवधिक निर्वाचनमा लोकतान्त्री अभ्यास , समाजवादको बाटो र जनताप्रतिको निष्टा सरकारको कर्तव्य भएकाले सरकार सोहि अनुसार अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस