माइतिघरमा प्रदर्शन,ब्याक अफ इन्डिया–चाइना’ सहितका नारा

काठमाडौं :- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले ‘ब्याक अफ इन्डिया’ सहितका नारा लगाउँदै प्रदर्शन गरेका छन ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा राखेको विरोधमा लगातार प्रदर्शन हुँदै आएको छ । सोही क्रममा नेविसंघले आइतबार दिउँसो माइतिघरमा प्रदर्शन गरेको हो ।

दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरेका थिए ।

माइघरमा नाराबाजीसहित दोस्रो पटक फन्को लगाउन थालेपछि प्रहरीले उनीहरुले रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरु मण्डलाको भित्रीभागमा केन्द्रित छ । केहीले प्रहरीमाथि ढुंगा प्रहार गर्न खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस