भारतले राखेको बोर्ड उखेलेर फ्याँकियो, नेपालको झन्डा फहराइयो

प्रकाश नेपाल/इलाम। भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत अखिलका विद्यार्थी र भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ बीच सीमावर्ती क्षेत्र सन्दकपुरमा शनिबार ढुंगा हानाहान भएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूको नेतृत्वमा नेपाली राष्ट्रिय झन्डा फहराउन सन्दकपुर पुगेको टोलीलाई एसएसबीले अवरोध गर्न खोज्दा झडप भएको अनेरास्ववियु केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले बताए। ‘शान्तिपुर्ण कार्यक्रमका लागी पुगेका विद्यार्थीहरुलाई एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको हो’ उनले भने, ‘एसएसबीले निषेधित भनेर राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन ।’ सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार ३० जनाको संख्यामा अखिलको टोली सन्दकपुर पुगेको थियो।


झडपमा सिमा सुरक्षा वल एसएसवीका एक जवान सामान्य घाइते भएका छन । अखिलका नेता आरसी लामिछानेका अनुसार अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारत द्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस