लक्ष्मण बस्नेत दाङ तुलसीपुर :-
पर्यटन प्रवर्द्धनमा हामी सबै संगै भन्ने मुल नाराका साथ तुलसिपुर साईकलिङ क्लबको एक टोलि ले सनिवार दाङ शान्तिनगरको सुकिकोट सम्मको साईकल यात्रा गरेको छ !
नेपाल भ्रमण बर्ष २०२० लाई सार्थक र परिणाममुखी बनाउन थप टेवा पुर्याउने उदेश्य का टोलिले पश्चिम दाङको शान्तिनगर ३ सुकिकोट सुन्दरादेवी भगवती मन्दिर सम्मको साईकल यात्रा तय गरेको हो !
तुलसिपुरको बि.पि.चोक बाट झण्डै २७ किलोमिटरको दुरिमा पर्ने ऎतिहासिक तथा धार्मिक महत्त्व बोकेको २ सय बर्ष पुरानो सुन्दरादेवी भगवती को मन्दिर संगै पर्यटनको प्रचुर संभावना बोकेको प्राकृतिक मनोरम स्थल सुकिकोट को प्रचार प्रसार लागि आफुहरु साईकल यात्रामा निस्केको तुलसिपुर साईकलिङ क्लबका अध्यक्ष झलक केसि ले जानकारी दिएका छ्न् !
पश्मिम दाङको सानो शक्तिपिठका रुपमा प्रसिद्ध उक्त मन्दिरमा नवदुर्गाको अस्टमिको दिन बलि चढाएमा मनोकाक्षा पूरा हुने धार्मिक जनबिश्वास समेत रहेको छ ! विशेष गरि सुन्दरादेवी भगवती मन्दिरमा नवदुर्गामा मेला लाग्ने र भक्तजनको गुईचो लाग्ने गर्दछ ! साईकल यात्रामा हिडेको टोलिमा झलक केसि,रेश्मी राज अधिकारी खुम बहादुर न्यौपाने रहेका थिए ! यसैबिच टोलि लाई शान्तिनगर वडा न ३ ले स्वागत समेत गरेको थियो !