दाङ को लमही मा एनप्याबसन को बृहत् खेलकुद प्रतियोगिता

दाङ :-   एन प्याब्सन दाङले अाधारभुत तह जिल्ला स्तरीय बृहत खेलकुद प्रतियोगिताकाे शुक्रबार लमहीमा समापन गरिएको छ ।
एन प्याब्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीकाे अध्यक्षता तथा माननीय सांसद रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा प्रतियोगिताकाे समापन गरिएको हाे ।
कार्यक्रमलाई संबाेधन गर्दै प्रदेश सभा सदस्य माननीय सांसद शर्माले सरकार र निजी क्षेत्र बिच समन्वय गरेर समृद्धिकाे यात्रा तय गरिने बताउनु भयाे ।
यस्तै लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले निजि शिक्षण सस्था संगकाे सहकार्यमा शिक्षाकाे गुणस्तर सुधारमा ध्यान दिएकाे बताउनु भयाे । कार्यक्रममा एन प्याब्सनका प्रदेश ५ का अध्यक्ष सुवाेधकुमार डाँगी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियाे । एन प्याव्सनका जिल्ला उपाध्यक्ष भुमाण्डप केसीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमकाे सञ्चालन सचिव ठाकुरप्रसाद डाँगीले गर्नु भएको थियाे ।
प्रतियाेगितामा एकसय मिटर छात्र दाैडमा डिभाइन टेम्पल एकेडेमी तुलसीपुरका खिमबहादुर अाेली प्रथम, पव्लिक एजुकेसन एकेडेमी लालमटीयाका विपिन सारु मगर दाेस्राे, किड्स ब्राइट फ्यूचर घाेराहीका सञ्जय जिएम, १०० मिटर छात्रा तर्फ देउखुरी पव्लिक स्कुल लमहीकि राेणिस्का खड्का प्रथम, किड्स ब्राइट फ्यूचर घाेराहीकाकि सुस्मिता चाैधरी दाेस्राे, डिभेल इङ्गलिस स्कुल गढवाकी मञ्जली चाैधरी तेस्रो हुनु भएको छ ।
२०० मिटरकाे छात्र दाैडमा डिभाइन टेम्पल एकेडेमी तुलसीपुरका बुद्धिराम चाैधरी, हाइलाइट इङ्गलिस स्कुल धर्नाका दिनेश चाैधरी दाेस्राे, राप्ती बाल एकेडेमी तुलसीपुरका वादल डाँगी तेस्रो हुनु भएको छ ।
२०० मिटर छात्रा दाैडमा किड्स ब्राइट फ्यूचर घाेराहीका सुस्मिता चाैधरी प्रथम, डिभेल इङ्गलिस स्कुल गढवाका मञ्जरी चाैधरी दाेस्राे, देउखुरी पव्लिक स्कुल लमहीकी सृष्टि श्रेष्ठ तेस्रो हुनु भएको छ । हिसाब दाैड तर्फ पव्लिक एजुकेसन एकेडेमी लालमटियाका रिसिकेश चाैधरी प्रथम, राप्ती बाल एकेडेमी तुलसीपुरकि संस्कृति उप्रेती दाेस्राे, ज्ञान शिक्षा निकेतन नर्तिका संगम पाैडेल तेस्रो हुनु भएको छ ।
कुर्सी दाैड तर्फ देउखुरी पव्लिक स्कुल लमहीकि निकिता चाैधरी प्रथम, डिभाइन टेम्पल एकेडेमी तुलसीपुरकि सरिता केसी दाेस्राे, वृहस्पति शिक्षा सदन सुन्डबरीकी सुस्मिता चाैधरी तेस्रो हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस