काठमाडौं :- बाग्लुङ र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागलुङले बागी उठेका शेरमान घर्तीको चुनाव चिन्ह क्लिपमा भोट मागेपछि दुई कायकर्तालाई कारबाही गरेको छ ।
गत आइतबार नेकपाले बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट सदरमुकाम पुर्याइएको थियो ।
समय सकिएकाले औपचारिक रूपमा उम्मेदवारी फिर्ता गराउन नपाए पनि उनले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीका लागि भोट माग्ने बताएका थिए ।
नेकपाले बाग्लुङ क्षेत्र राष्ट्रिय जनमोर्चालाई छोड्ने निर्णय गरेको थियो ।
घर्तीले शाहीलाई सघाउने बताए पनि उनको उम्मेदवारी फिर्ता नभएकाले निर्वाचन कार्यालयले घर्तीको चुनाव चिन्ह टोपी तोकेको थियो ।
नेकपाका दुई कार्यकर्ता तुलसीराम अर्याल र दधिराज अर्यालले शेरमानलाई नै भोट माग्दै हिँडेपछि हिजो उनीहरूलाई कारबाही गरेको हो ।
तुलसीराम अर्याललाई पार्टी सदस्यबाट निलम्बन गरिएको छ भने भने दधिराम अर्याललाई पार्टी सदस्य नै नरहने गरी निष्काशन गरेको नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।