नेकपा उमेदवार विमला भन्छिन् मलाई भोट दिनुस् म विकास दिन्छु

गणेश आचार्य दाङ । दाङ क्षेत्र नम्बर ३ प्रदेश सभा ´ख`का नेकपा उमेदवार विमला वलीले आफुले चुनाव जिते स्वर्गीय सांसद उत्तरकुमार वलीले जनता सामु गरेका बाचा पूरा गर्ने बताउनुभएको छ । बबई गाउँपालिकामा भएका चुनावी टोल सभालाई सम्बोधन गर्दै उमेदवार वलीले आफ्ना पतिले जनता सामु गरेका बाचा पूरा गर्न नपाउँदै ज्यान गुमाएकाले उहाँले गर्न बाकी काम आफुले पूरा गर्ने बताउनुभयो । ´तपाइईहरू सामु उत्तरजीले धेरै बाचा गर्नुभएको थियोे । ती काम पूरा नगर्दै उहाँको निधन भयो ।` उहाँले भन्नुभयो,´उहाँले पूरा गर्न नसकेका विकासका काम म पूरा गर्छु ।` काँग्रेसले आफुलाई कमजोर पात्रका रूपमा चित्रित गर्न खोजेको भन्दै चुनाव जिते एकल महिलाले पनि काम गर्न सक्छन् भन्ने उदाहरण बन्ने बताउनुभयो । आफू कुनै कुराले काँग्रेस उमेदवार भन्दा कमजोर नभएको भन्दै नेतृ वलीले पश्चिम दाङको विकास नेकपाले जिते मात्रै हुने बताउनुभयो । सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्यहरू जगप्रसाद शर्मा अपार,नारायणी शर्मा,दामा शर्माले नेकपाले चुनाव जिते मात्रै विकास सम्भव हुने बताउनुभयो । नेकपाले आज बबई गाउँपालिकाको बगाले,बिजयनेटा,सीतापुर,हंशपुर,रातामाटा,बगरपुर,घट्टेकुलो लगाएतका क्षेत्रमा टोल सभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस