नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलद्वारा शुक्रबार नेपालगन्ज बन्द

बाँके :- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले शुक्रबार नेपालगन्ज बन्द गरेको छ ।
कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहितलाई चार जनालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई छुटाउन माग राखेर तरुण दलले नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको हो ।
तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएका छन् ।

प्रहरीले मस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो । उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस