गणेश आचार्य
दाङ । नेकपा दाङले प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसारलाई तीव्र बनाएको छ । यसैक्रममा आज बबई गाउँपालिकाको खयरभट्टि,पदमपुर,हस्तनापुर,गैरी गाउँ र सुन्दरखालमा घरदैलो तथा टोल सभा गरेको छ । भोट माग्न घरघरमा पुग्नु भएकी नेकपा उमेदवार विमला वलीलाई मतदाताले विगतमा जस्तै यसपटक पनि नेकपालाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन् । स्वर्गीय सांसद उत्तरकुमार वलीले गर्न बाँकी विकासका कामलाई पूरा गर्ने सामर्थ्य विमलाले मात्रै राख्ने भन्दै नेकपाका पक्षमा मतदान गर्ने बताएका छन् । विगतमा उत्तरकुमार वलीलाई जस्तै यसपटक विमलालाई जिताउने मतदाताहरूको भनाइ छ ।
नेकपाले विभिन्न स्थानमा गरेका कोणसभालाई सम्बोधन गर्ने नेताहरूले दाङको समृद्धि नेकपाबाट मात्रै सम्भव भएको भन्दै सुर्यमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
सभालाई सम्बोधन गर्दै उमेदवार वलीले स्वर्गीय सांसद उत्तरकुमार वलीले गर्न पाएका विकासका काम आफुले पूरा गर्ने बताउनुभयो । ´उत्तर वलीबाट तपाइहरूले विकासको अपेक्षा धेरै गर्नुभएको थियोे ।` उमेदवार वलीले भन्नुभयो,´उहाँको निधन पश्चात् बाँकी रहेका विकासका काम पूरा गर्न म राजनीतिमा आएकी हुँ ।` नेकपाले चुनाव जिते आफुले पश्चिम दाङमा विकासको लहर ल्याउने वलीले बताउनुभयो ।
सभालाई नेकपाका केन्द्रीय सदस्यहरू दामा शर्मा,नारायणी शर्मा,प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी लगाएतकाले सम्बोधन गर्नुभएको थियोे ।