नेपाल भारतसँग ७ बिकेटले प्राजित

काठमाडौं :-   नेपाली राष्ट्रिय क्रिकेट टोलीमाथि एसीसी इमर्जिङ एसिया कपमा भारतले सहज जित निकालेको छ । भारतले नेपाललाई ७ विकेटले हराएको हो ।

१ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतका सनबीर सिंहले ७३ बलमा ४ चौका सहित ५६ रनको योगदान दिए । उनलाई ३९ ओभरको पाँचौ बलमा करण केसीले ललित नारायण राजवंशीबाट क्याच आउट गराए । त्यस्तै अर्मान जाफर ७७ बलमा समान १ चौका र छक्का सहित ५१ रनमा अविजित रहे ।

तेस्रो विकेटको लागि सनबीर र अरमानले ९७ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । ओपनर तथा कप्तान बी आर शरथ ४९ रनमा आउट भए । उनलाई सुसन भारीले १५ ओभरको तेस्रो बलमा एलबी डब्लू आउट गरेपछि अर्ध शतक बनाउन १ रनले चुकेका थिए । उनले ४९ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
अर्यान जुरेललाई १६ ओभरको पाँचौ बलमा ललित नारायाण राजवंशीले २९ रनमा एलबी डब्लू आउट गरे उनले ४३ बलमा ३ चौका प्रहार गरे । पहिलो विकेटका लागि जुरेल र शरथले १४.३ ओभरमा ७४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । नेपालका करण केसी, सुसन भारी र ललित नारायाण राजवंशीले १–१ विकेट लिए ।

त्यसअघि विहीबार टस हारेर ब्याटिङ थालेको नेपाल ४५ ओभरमा १ सय ९३ रनमा अल आउट भएको थियो। नेपालका लागि पवन सरार्फले ४९ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । पवनले ४१ ओभरको पहिलो बलमा यश राठोडलाई चौका प्रहार गर्दै सिनियर टोलीको लागि आफ्नो पहिलो अर्ध शतक पुरा गरेका थिए । ४५ ओभरको तेस्रो बलमा सौरभ दुबेले पवनलाई एलवीडब्लू आउट गरेका थिए ।

पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए । पहिलो बलमै एलबी डब्लूको आउटको अपिल गरेका दुबेले दोस्रो बलमा मल्ललाई बोल्ड आउट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस