नेपाल भारत सम्बन्ध र लिपुलेकले जन्माएको राष्ट्रियता

काठमाडौँ :- नेकपा एमाले र माओबादी केन्द्र एक आपसमा मिलेर बिशाल पार्टी नेकपाको जन्म भयो । दुबै पार्टी मिलाउनु संसारी आखाँमा असम्भव जस्तै थियो । तथापी नेकपा एमाले र माओबादी केन्द्रका नेतृत्वको अदुभुतपुर्ब शाहसीक निर्णयले अफ्ट्यारो, किचलो ,झन्झटिलो हुदाँ हुदैपनि अध्यक्षद्धयको सुझबुझ र बिकेकशिल ढङ्गबाट साहसीक निर्णयले गर्दा नेकपा एउटा नेपालको राजनितिक रुपमा त छदैछ ।

विश्व माझमा पनि अदभुत ब्यबस्थापन गर्न नेपालका राजनेताहरु सक्षम छन् भन्ने पोजेटिभ संदेश प्रभाह भएको छ । यसबाट नेपाल जस्तो सानो मुलुक , दुई सक्तिसाली राष्ट्रको बिचमा समदुरीमा विशिष्टतामा श्रेणीताको आधारमा भारत र चाईनालाई एकै प्रकारबाट वा एउटै नजरबाट हेरिदाँ समस्याहरु पनि उत्पन्न हुन सक्छ ।

यस्तो विषयमा नेपालका परराष्ट्रका प्रतिनिधिहरुको खेल्ने विशेष भुमीकाले राष्ट्रको भविष्य निर्माण र मजबुत गरेको पाइन्छ। हामी नेपालीलाई थाहाँ छ । नेपाल असलगन्न परराष्ट्रको नितिको धरातलमा उभिएको छ, तर चाईना तर्फ भन्दा हाम्रो धेरै सिमानाको विवाद भारत सँग छ ।

यसो हुनुमा हामी आपसी सम्बन्ध र भाईचारका साथ साथै नेपालको तर्फबाट आफ्नो सिमा सुरक्षा गर्न नसक्नु र भारतलाई केहि सिमाबाट सुरक्षाथिट्र हुनु पनि प्रमुख कारण हो । यसको अर्थ भारतले नै कब्जा गर्नु पर्छ भन्ने मनसाय वा भारतको निति  जस्तो देखिदैन तर विभिन्न कालखण्डले देखाएको व्यवहारबाट अलि अलि नेपाली जनता रुष्ठ चाँही पक्कै छन् भन्ने भारतका नेपाल प्रतिनिधिहरुले पक्कै बुजेका छन्।

राष्ट्रको विकाश एउटै उल्झनमा कदापी हुन सक्दैन । समय परिवर्तन भएसँगै समस्याहरुलाई सम्बाद र विवेकशिल पृष्ठभूमीमा यदि समाधान गरियो भने  यस्ले युग युगसम्म आपसी सदभाव र समझदारीको मिसाल कायम हुनेछ । लिपुलेक, कालापानी वा सुस्था धेरै हाम्रा समस्या छन् त्यो नितान्त दुई छिमेकी बिचको गहन समस्या हुन ।

तर धेरै समस्याका समाधान मित्रवत व्यबहार सम्मानजनक प्रस्तुतीले सामाधान भएका  उदारण जस्तै ,नेपालका र चाइनाका पनि  सामाधान भएको थियो । भारत र बंगलादेशका पनि भएका निकटतम उदारण छन । तसर्थ, नेपाल र भारतको पनि आपसी सिमा विवादको समस्याको समाधान निक्लिने छ । यो विचार मेरो वा कुनै पक्ष विपक्षको होईन आम जनताको मानसिकताको हो। जसको सुझाब सुन्ने न राज्यको फुर्सद हुन्छ, न कर्मचारीतन्त्रले यसको सहजिकरण गर्दछ।

नेपाल आफैमा हिन्दु बाहुल्यता भएको शिब भगवान बिराजमान भएको सिद्धार्थ गौतमको जन्म भुमी र माता जानकीको साथै विभिन्न देबि देवताका तपोभुमी हो यो भारत वा चाईनाले मान्नु पर्छ । हाम्रो पुर्खाले प्रदान गरेको चिनारी , यसमा कसैले बाहुबलको भरमा दखल अन्दाजी गर्न हुन्न न त नेपाली जनतालाई स्वीकार्य हुन सक्छ ।

साथ साथै भारत र नेपालको सिमानको हिसाब होस वा सांस्कृतिक रहन सहनको  हामी नेपाली चाइना भन्दा भारत तर्फ अलि धेरै ढलकिएका छौ र त्यो आवास्यकको सिद्धान्तमा नै परिमार्जित हुदै आजको युग सम्म आएका छौ । त्यो कुनै राष्ट्र वा व्यक्ति विशेषले चाहे पनि नचाहे पनि युगौ युगसम्म रहिरहने छ, यस विषयमा दुबै राष्ट्रका जनता ढुक्क हुदाँ हुन्छ ।

स्व.राजा महेन्द्र बिरबिक्रम शाहाँदेबको पाला देखि नेपालको लिपुलेक क्षेत्रमा भारतीय सुरक्षा फौज सुरुमा शिभिलमा र बिस्तारै सुरक्षा चौकी नै राखेर बसेका थिए र आज सम्म पनि छदैछन् । तर जब भारतमाका कस्मीरमा नयाँ राजनैतिक रेखाङ्कन गरिदाँ , लिपुलेकका पनि नयाँ नक्सामा भारतमा गाभिए पछि , नेपाललाई फेरी एकपल्ट राजनैतिक रूपमा तरङ्गित बनायो र यस्ले आम जनता लगायतको मनमा राष्ट्रियताको भावना ओतप्रोर्त गरायो ।

यो आफैमा ईतिहासिक राट्रियताको रंग हो की ? कुनै विदेशी राष्ट्रले दुई देश बिचको मित्रतालाई खल्बल्याउने उदेश्य हो,यस्तो पक्षलाई पनि हामीले ध्यान दिनु पर्छ । बजारमा चलेका हल्लाले राष्ट्र कुटनीतिक हिसाबमा सफल हुन सक्दैन, यसैको प्रतिक्रिया स्वरूप भारतका विदेश मन्त्रालयले उच्चस्तरिय छलफल गरि समस्याको समाधान गरिने भन्ने ब्यहोराको जानकारी आमसञ्चारबाट प्रेसित भइसकेको छ ।

अब यस्को निकाश पनि सम्मानजनक हिसाबमा हुनेछ र यस्को प्रक्रियाको लागी हाम्रो दिल्ली स्तिथ राजदुताबासले पहल गरि सार्वभोम राष्ट्रको प्रतिनिधित्व गरि निकाश निस्कनेमा हामी आम नेपाली ढुक्क छौ । स्वाधीनताको रक्षा अबको युगमा कुटनितिक रूपमा गर्नु पर्छ , त्यसको लागी भारत स्तिथ नेपाली महामहिम राजदुतबाट उचित भुमिका हुनेछ , नेपाल भारत सम्बन्ध अमर बनाउनको लागी महामहिमलाई समस्थ नेपालीको तर्फबाट हार्दीक अग्रिम शुभकामना ।

लेखकः हरि भक्त श्रेष्ठ , पर्यटन ब्यवसायी तथा तत्कालिन नेकपा अन्तरगत पर्यटन ब्यवसायी संगठन नेपालका सचिप  तथा प्रबक्ता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस