उत्तरकुमारलाई सम्झिदै फेरि एकपटक सबैका अाँखा रसाए

दाङ :- तपाइहरुले हुर्काउनु भएको छोरा,तपाइहरुले राजनीति शिक्षा दिनुभएको चेला, तपाइहरुले काँध थाप्नु भएको सिपाही । जुन, देश निर्माणकालागि बाचा गरेर जानुभएको थियो । त्यो बाचा पुरा गर्ने अभियानमा जुटिरहेको अवस्थामा गुमाउनुपर्यो । हाम्रा आँखाहरु रसाए।

दङ्गिशरण ५ मा पुगेर विमला वलीले उत्तरकुमार वली सम्झिरहँदा १० फागुनपछि फेरी एकपटक उपस्थित सबैका आँखा रसाए ।

विमला भन्दै थिइन् ‘मैले मेरो जिवनमा परिकल्पनै नगरेको कुरा बेहोरे । १४ वर्ष अगाडि बिहे गरेर यहि ठाउँमा आए । तपाइहरुले माया दिनुभयो । मलाई लाग्यो म सँग आमाहरु, बाहरु, दिदिबहिनिहरु, दाइहरु हुनुहुन्छ । म सँगै आसु पुछ्न सिङ्गो जनसमुदाय छ । त्यसैको आडमा अघि बढ्छु भन्ने निर्णय गरें । र, आज उम्मेदवारको रुपमा उपस्थित भएकी छु’

प्रतिक्रिया दिनुहोस