सिमा विवादका विषयलाई अहिले अन्तराष्ट्रियकरण गर्नु उपयुक्त छैन – रामचन्द्र पौडेल

झापा :-  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिमा विवादका विषयलाई अहिले एकै चोटी अन्तर्राष्ट्रियकरण गर्नु उपयुक्त नहुने बताएका छन् ।

बिहीबार झापाको विर्तामोडमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले हाम्रा भूमीको चारैतिरका सिमाका ठोस प्रमाणहरु जुटाएर दुई पक्ष विच वार्ताबाटै समधान खोज्नु पर्ने बताए ।

उनले आफना सिमाका ठोस प्रमाण सहित दुई पक्ष वार्ताबाट सामधान नभए सो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकिने बताए ।

नेता पौडेलले अहिलेको सरकार बहुमतको सरकार भएकाले हाम्रा देशका चारै तिरका साध–सिमाहरु व्यस्थीत गर्नुपर्ने बेला भएको बताए ।

पौडेलले हाम्रा देशका चारै सिमामा भएका प्रमाणलाई व्यवस्थीत गर्दै सिमा पिल्लर र सिमा रेखाहरु सहित सिमाक्षेत्रमा आफनो सुरक्षाको बलियो उपस्थीति बनाउनुपर्ने बताए ।

नेता पौडेलले तर सरकार अहिले आफनो सिमा विवाद समधानकालागि आवश्यक पहल गर्न नसकेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस