भारतीय दुतावास अगाडी लिम्पियाधुरा फिर्ताको माग गर्दै प्रदर्शन

काठमाडौं :-  भारतले नेपालको लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक गरेपछि आन्दोलित विद्यार्थीहरुको एउटा समुहले भारतीय दुतावास अगाडी प्रदर्शन गरेको छ।

नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले भारत सरकारले नेपाली भुभागलाई आफ्नो नक्सामा राख्ने कार्य सच्याउन माग गर्दै दुतावास अगाडी धर्ना र प्रदर्शन गरेका हुन्।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष सागर परियारको नेतृत्वमा भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै भारतीय राजदुतावास अगाडी १ घण्टा धर्ना दिइएको हो।

विरोध प्रर्दशनमा सहभागीहरुले नेपाली भुमि फिर्ता गर्न माग गर्दै सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताएका थिए ।

सीमा मिच्ने प्रवित्तिको चर्को विरोध गर्दै उनीहरुले अब नेपाली जनताले आफ्नो मातृभुमी रक्षाको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस