olux

वलीमाथीको आक्रमणप्रति अनेरास्ववियुकाे ध्यानाकर्षण

कमल पोख्रेल / दाङ :-  राप्ती बबई क्याम्पस तुलसीपुर अनेरास्ववियूका अध्यक्ष रविन वलीमाथी भएको सांघातिक आक्रमण प्रति संगठनले ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ दाङका कोषाध्यक्ष अरुण लहरेले आफनो संगठनका अध्यक्ष वलीमाथी सांघातिक आक्रमण गरेको घटना प्रति खेद प्रकट गदै दोषीलाई कडा कारवाहीको माग गरिएको छ । अनेरास्ववियु दाङका अध्यक्ष विरबल खडका् र अखिल क्रान्तीकारी दाङका अध्यक्ष जंग रोकाले सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गदै बिना कारण आक्रमण गर्नु निन्दनिय भएको उल्लेख गरिएको छ । अध्यक्ष वलीमाथी क्याम्पस प्राङगणमा मंगलवार विहान साढे ७ बजे लहरेको एक समुहले ढुङगा प्रहार गरी आक्रमण गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस