उपनिर्वाचनमा सावित्री सुनुवारलाइ उम्मेद्वार बनाउँने कांग्रेस रामेछापको निर्णय

पुष्कर खड्का/रामेछाप :- नेपाली कांग्रेस रामेछापले मंसिर १४ गते हुने उप निर्वाचनको लागि उम्मेद्वारको टुंगो लगाएको छ । कांग्रेसले जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितिमा हुने वडा अध्यक्षको उपनिर्वाचनका लागि सावित्री सुनुवारलाई उम्मेदवार बनाउँने निर्णय गरेको छ । नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । १७ सय ४९ जना मतदाता रहेको प्रितिमा सत्तारुढ दल नेकपाले भने कार्यवहाक वडाध्यक्ष कुल बहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । यस अघिभएको स्थानीय तहको निर्वाचनमा नेकपाले वडा अध्यक्ष जितेको थियो । तत्कालिन वडा अध्यक्ष कुबेर खत्रीको गत बर्ष निधन भएपछि रित्त रहेको वडा अध्यक्षको लागि अगामी मंसिर १४ गते पुनः उप निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस