जेठ १३, २०७६
काठमाडौं–
पशुपतिनाथ मन्दिको जग्गामा चर्चा सञ्चालन हुने गरेको पाइएको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ– काठमाडौं महानगरपालिका–७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिनमा मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो ।
मिसनरिजले वर्षमा १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको छ । ‘यो हिन्दू धर्म लोप गराउने षड्यन्त्र हो ’, पशुपतिनाथ मन्दिरका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘हिन्दुको क्षेत्रमा अन्य धर्मले अतिक्रमण गर्नु हुँदैन । यो कानुनविपरित छ।’