दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दाङ– दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मंगलबार बिहान करिब साढे ७ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ सुनखोली नजिकै ट्रकले ठक्कर दिँदा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ३५ वर्षीय रफिक राइनेको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुरान मल्लले जानकारी दिए।
लु २ ख १३७६ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको हो। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस