काँग्रेस युवा नेता लहरे कुटपिटमा उत्रिए

दाङ । आगामी मंसिर १४ गते हुने प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसार चलिरहेका बेला नेपाली काँग्रेस भने नेकपा कार्यकर्ता विरुद्ध भौतिक आक्रमणमा उत्रिएको छ ।

यसैक्रममा नेविसंघ दाङका कोषाध्यक्ष अरुण लहरेले राप्ती बबई क्याम्पस तुलसीपुर अनेरास्ववियू अध्यक्ष रविन वलीमाथी सांघातिक आक्रमण गरेका छन् । आज बिहान करिब साढे ७ बजे क्याम्पसम प्रांगणमा दलबल सहित पुगेका लहरेले वलीमाथि पछाडीबाट टाउकोमा ढुंगा प्रहार गरेका हुन् । लहरे ढुंगा प्रहारगरी फरार भएका छन् । वलीले केहिदिन अघी कालिका मन्दिरको गेटमा ५ लाख लगेको हल्ला छ भन्दै फेसवुकमा स्टाटस लेखेका थिए । तर,उनले कसैको नाम भने उल्लेख गरेका थिएनन् । लहरेले फेसवुकमा के लेखेको थिइस् भन्दै पछाडीबाट ढुंगा प्रहारगरी भागेको वलीले जानकारी दिएका छन् ।

अनेरास्ववियुको प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस