सिमा बिबाद सधैंका लागि अन्त्य गर्ने कि?

मिना खड्का । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने जानि जानि भारतले बारम्बार यसरि आफ्नो निच व्यवहार देखाईरहनु र नेपालले चाहिँ अनबिज्ञ भए जसरि चुपचाप सुहिरहनु लज्जास्पद कुरा हो ।

यसबारेमा दुवै सरकारले नबुझेको पक्कै पनि होइनन् । सन् १९६२ मा भारत—चिन युद्धको समयमा कालापानीमा भारतले सैनिक ब्यारेक बनाएको थियो रे त्यसपछि उत्पन्न भएको बिबाद अहिलेसम्म हल भएको छैन भन्ने पनि छ । सीमा बिबाद हल हुन नसक्नु पहिला देखिकै बिषयमा कुटनितिक तरिकाबाट हल हुन नसक्दा नै यसरि बेला बेला समस्या आएको हो ।

अब छिटै ऐतिहासिक तथ्यका आधारमा सिमा बिवाद सदाका लागि अन्त्य गर्ने कि ? सिमा समस्याको सामाधान ऐतिहासिक दस्तावेज तथा पर्याप्त तथ्य र प्रमाणहरुका आधारमा स्पस्ट हुन जरुरि छ । ताकि पछिल्ला पुस्तालाई समस्या नहोस । र बर्तमान पुस्तालाई समेत हामी भारतिय नागरिक हौ कि या त नेपालि हौ भन्नेमा दुईमत नहोस् ।

हुन त पछिल्लो समयमा भारतले आफ्नो पुरानो नक्सा नै कायम भएको बताउदै आएको छ । सन १९६१ मा भारतले आफ्नो नक्सामा महाकाली र लिपुलेक आफ्नो भुमिमा राखेको छ । यसरि हेर्दा हाम्रै नेतृत्व तहका मान्छेलाई समेत उक्त बिषयमा स्पस्टिकरण नभएको र जानिजानि वास्ता नगरेकै हो ।

बिगत लामो समयदेखि नै बिबादित यो बिषयको तत्काल नै समाधान हुन जरुरि छ । यहि मुद्दामा छिमेकि मुलुक भारतसँग दुश्मनी गरिहाल्ने, युद्ध नै घोषणा गर्ने अबस्था सिर्जना गर्नु पर्ने नभई, नेपाल र भारत बिचको सिमा बिषय अन्तर्राष्ट्रिय स्तरबाट हल गर्नुपर्छ ।

सिमानामा बसेर दार्चुला बासिले छिमेकीको अतिक्रमण मात्रै देख्नु र भोग्नु परेको छैन, आवतजावत, खाद्यान्न र दैनिक जीवनमै भारतीय सरकारको दबाब सहनुपरेको छ । भारत तर्फको सडक निर्माणले नेपाल तर्फको गोरेटो बाटो पनि क्षतिग्रस्त भएको छ । हामीले व्यास क्षेत्रमा सीमा प्रशासन कार्यालय सञ्चालन गर्ने, सशस्त्र प्रहरीको सुरक्षा पोस्ट राख्ने, तिंकरसडकको निर्माणलाई गति दिने र व्यास जोड्ने पैदलमार्ग सुरु गर्ने जस्ता कार्य तत्काल गर्नुपर्छ । दर्जनौ ठाउँमा नदीले नेपालतर्फको जमिन, जंगल र गोरेटो बाटोमा क्षति र्पुयाएको छ ।

प्रतिक्रिया दिनुहोस